हुस्सु,कुहिरो र चिसोले जनजीवन प्रभावित,गरिव परिवार न्यानो कपडाको पर्खाइमा

साझेदारी दैनिक
347 पाठक संख्या

रौतहट :ओमप्रकाश यादव / रौतहट सहित तराई मधेशका जिल्लाहरूमा यतिखेर बाक्लो हुस्सु र कुहिरोसँगै बढेको अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ।

विगत केही दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि रौतहटको जनजीवन कष्टकर बन्दै गएको छ।

खासगरी बिहान र साँझको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। यसले अत्याधिक जाडो बढेको गढीमाई नगरपालिका –४ की वृद्धा सुगान्धी देवीले बताइन्।

अत्याधिक मात्रामा बढेको चिसो छल्न सर्वसाधारणहरु चोक चोकमा आगो बालेर बसिरहेका हुन्। चिसोले सबभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन्।

बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समेत समस्या हुन थालेको छ। हुस्सु र कुहिरोका कारण सवारी दुर्घटनाको पनि उच्च जोखिम रहेको छ। यसमा सावधानी अपनाएर सवारी साधन चलाउनु अति जरुरी रहेको देखिन्छ।

शीतलहरले गरिब,दलितको जनजीवनलाई बढी प्रभावित बनाएको छ। खासगरी डोम,मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा,बालबालिका तथा महिलालाई समस्या भएको हो।

शीतलहरका कारण गरिव परिवारलाई न्यानो लुगाको खाँचो छ । स्थानीय सरकारले आफूहरुलाई न्यानो कपडा वितरण नगरेको चिसो प्रभावित नागरिकहरुको गुनासो रहेको छ।

शीतलहरका कारण आफू जस्ता कमजोर आर्थिक स्रोतका जनता अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेको वृन्दावन नगरपालिका –३ का राघो डोमको भनाइ रहेको छ।

चिसोले गरिव,विपन्न एवं दलित समुदाय निकै प्रभावित भएका छन्। स्थानीय सरकारहरुले न्यानो कपडा वितरण गरी गरिव परिवारलाई चिसोबाट जोगाउने तर्फ ध्यान दिनु आवश्यक छ।

Leave a review

This will close in 0 seconds