पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने

रञ्जन यादव
290 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ २६ गतेदेखि सुरु हुने भएको छ ।

प्रगतिशिल युवा क्लब को आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ। आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन्,जसमा मकवानपुर जिल्ला क्रिकेट संघ,पर्सा जिल्ला क्रिकेट संघ,रौतहट क्रिकेट क्लब गरुना,कलैया क्रिकेट क्लब,ईस्टर्न क्रिकेट क्लब चितवन, र आयोजक प्रगतिशिल युवा क्लब समावेश छन।

आयोजकका सचिव बासु नेपालका अनुसार,प्रतियोगिता लिग फर्मेट मा हुनेछ,जहाँ प्रत्येक टिमले दुई खेल खेल्नेछ। विजेता टिमलाई १ लाख रुपैयाँ र उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै,म्यान अफ द म्याच,म्यान अफ द सिरिज,बेस्ट बलर र बेस्ट ब्याट्सम्यान जस्ता विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ।

Leave a review