कोपोमिस सम्बन्धी तीन दिने तालिम सम्पन्न

साझेदारी दैनिक
256 पाठक संख्या

कलैया : बाराको फेटा गाउँपालिकाको कृषि,पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा फेटामा सञ्चालित कोपोमिस सम्बन्धी तीन दिने तालिम मंगलवार सम्पन्न भएको छ।

फेटा गाउँपालिकाका गाउँपालिका उपाध्यक्ष निलम साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि ईन्जिनियर जाकिर हुसेन अंसारी रहेका थिए।

तालिममा गाउँपालिकाका ३० जना सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको थियो।सो तालिममा फेटा गाउँपालिकाका समाजसेवी मनोज साह कलवार,प्रमुख प्रशिक्षक मधु चौधरी,प्रशिक्षक श्रीलाल प्रसाद साह,फेटा गाउँपालिकाको कृषि,पशुपन्छी तथा सहकारी शाखाको शाखा प्रमुख संजय कुशवाहा लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए।

गाउँपालिकाका उपाध्यक्ष साहले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा पालिकाको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

प्रमुख अतिथि ईन्जिनियर अंसारीले सहकारी संघ/संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य रहेको जनाएका हुन्। सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि कोपोमिस भएको स्पष्ट पारे।

व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने उनले बताए। सहभागीहरुलाई सक्रिय सहभागिता सहित अधिक लाभ लिन उनले आग्रह गरे।

शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष प्रधुम्न साह,नवीनतम् कृषि सहकारी संस्था लि.को सचिव दिपेन्द्र साह,कटेगन माइ कृषि सहकारी संस्था लि.का अध्यक्ष दाउद अंसारी लगायतले सहकारीलाई कोपोमिसमा आवद्ध गर्दा हुने फाइदाका बारेमा चर्चा गरेका थिए।

Leave a review