जीतपुर :जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था जीतपुरले आफ्नो २३औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क दन्त तथा आँखा चेकजाँच शिविर आयोजना गरेको छ।
उक्त शिविरमा ३२५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको संस्थाका ब्यवस्थापक सन्तोष यादबले जानकारी दिए । उक्त शिविरमा आाखा रोग विशेषज्ञले ४८ जनामा मोतियाबिन्दु भएको पत्ता लगाएका छन्,जसका लागि शिघ्र नै ओम शान्ति दाँत तथा आँखा हस्पिटल सिमरामा निशुल्क शल्यक्रियाको व्यवस्था गरिएको उनले बताए । अभियानले स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै जनचेतना बढाउने उद्देश्य राखेको थियो ।
संस्थाका पदाधिकारीहरूका अनुसार आगामी वर्षहरूमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै स्थानीय समुदायलाई लाभान्वित गराउने योजना रहेको रहेको छ।शिविरमा सहयोग पुर्याउने सम्पूर्ण चिकित्सक,स्वयंसेवक तथा सहकारीका सदस्यहरूलाई संस्थाले विशेष धन्यवाद ज्ञापन संस्थाका सचिव कपिलदेव प्रसाद यादबले गरे ।
्ओम शान्ति दाँत तथ आँखा हस्पिटल प्रा.लि.ले शिबिरमा प्राबिधिक सहयोग प्रदान गरेको थियो । आएका बिरामीहरुलाई रोग अनुसारको औषधी शिबिरमा निशुल्क बितरण गरिएको संस्थाका कोषाध्यक्ष किरणप्रकाश गिरीले जानकारी दिए ।
शिबिरको औपचारिक उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका थिए । उनले जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाको कार्यको प्रशंसा गर्दै अगामि दिनमा पनि संस्थाले समाज र शेयर सदस्यप्रती आफनो उत्तरदायित्व बहन गर्दै जानुपर्ने धारणा राखे ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख तथा कार्यबाहक प्रमुख भोला प्रसाद अधिकारी,राष्ट्रिय सहकारी बैँक सिमरा शाखाका प्रबन्धक चन्द्रमणी भट्टराई,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार,वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता,संस्थाका लेखा समिति संयोजक श्याम कृष्ण सुबेदी,ओम शान्ति दाँत तथा आँखा हस्पिटलका सञ्चालक धुब्र सहनी लगायतको सहभागिता रहेको थियो ।

