लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्र्तक्रिया

साझेदारी दैनिक
362 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गंणमा “ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान “ को अवसरमा सोमबार एक कार्यक्रम गरिएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र,हाम्रो प्रयास, संरक्षण नेपाल,जेजेवाईसी को संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम भएको हो।

उक्त अवसरमा पीडित असहायहरुलाई फलफुल वितरण गरी महिला हिंसाको परिभाषा,महिला विरुद्ध हुने हिंसा,आदी विषयमा श्रव्य दृश्य एवम् पिएसए र जनचेतनामुलक पुस्तिकाको माध्यमले आवश्यक छलफल अन्तरक्रिया गरिएको हो। ८० जनाको सहभागितामा सचेतनामुलक कार्यक्रम गरिएको हो।

Leave a review

This will close in 0 seconds