बेलहियामा नि:शूल्क आँखा शिविर सम्पन्न

साझेदारी दैनिक
630 पाठक संख्या

प्रसौनी : अनिल कुमार साह । बेलहियामा नि:शूल्क आँखा शिविर सम्पन्न भएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ बेलहियामा पंचायत घरको प्राङ्गणमा आज प्रसौनी गाउँपालिका वडा नम्बर ५ र ६ का आयोजना भएको नि:शूल्क आँखा शिविर सम्पन्न भएको हो ।

सो शिविर मात्रिका आइ फाउन्डेसन विरगंज पानीटंकीको सहयोग तथा नेपाली काँग्रेस प्रसौनी गाउँपालिका ६ को आयोजनामा सम्पन्न भएको थियो ।

शौरीशंकर साहको सभापतित्वमा तथा नेपाली काँग्रेस बाराका जिल्ला सभापति एवम् कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो ।

सो शिविर २ सय ५ जना भन्दा बढि मानिसहरूको आँखाको परीक्षण गरिएको थियो जसमा ६० जना जतिमा मोतियाबिंदु फेला परेको छ ।

मोतियाबिंदुका बिरामीहरुको नि: शूल्क शल्यक्रिया,चस्मा तथा औषधि समेत प्रदान गरिने माट्रिका आई फाउण्डेशनका कोअर्डिनेटर राज किशोर गुप्ताले जानकारी गराए।

उक्त शिविरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता,नेपाली काँग्रेस क्षेत्र नं. ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,इलाका प्रहरी कार्यालय प्रसौनीका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश राज भट्ट,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र प्रसाद पटेल,कांग्रेस जिल्ला सदस्यहरू नन्देश पटेल,सुरेश साह, राजकिशोर साह,सोनालाल मंडल,क्षेत्रीय सह सचिव नाजिर अंसारी,वडा सदस्य प्रमोद प्रसाद कुशवाहा,युवा नेताहरु संतोष कुमार साह,बोधनाथ जैसवाल,उपेन्द्र कुमार यादव,गिरधारी साह,जमुना रामबाबु साह लगायतको उपस्तिथि रहेको थियो।

Leave a review

This will close in 0 seconds