महिलाहरुलाई पाठेघर सम्बन्धी जनचेतनामूलक तालिम

साझेदारी दैनिक
335 पाठक संख्या
oplus_2

कलैया : बाराको देवताल गाउँपालिकामा महिलाहरुको लागि पाठेघर सम्बन्धी जनचेतनामूल कार्यक्रम शुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा बुधबारदेखी शुरु भएको महिलाहरुको लागि पाठेघर सम्बन्धि जनचेतनामूलक तालिमको गाउपालिकाकी उपाध्यक्ष सीतापति देवी यादवले उद्घाटन गरेकी हुन ।

सो अवसरमा बोल्दै उपाध्यक्ष यादवले महिलामा हुने पाठेघर लगायत रोगको परीक्षणबाट यस्ता रोगहरु पत्ता लगाउन सकिने बताईन । महिलाहरुमा आँग खस्ने रोग हाम्रो देशमा मुख्य रोगको रुपमा देखिएको र यसको समयमै उपचार नभए क्यान्सर जस्ता प्राणघातक रोग निम्त्याउन भएकाले यो कार्यक्रम गरिएको उपाध्यक्ष यादवको भनाई थियो ।

उनले यो रोगबारे खासगरी तराईका महिलाहरु खुलेर समस्या बताउन नसक्ने अवस्थामा रहेको कारण पाठेघर सम्बिन्ध रोगबाट हाम्रो देशका अधिकांश महिलाहरु ग्रसित हुनुपरेको उनले बताईन ।”

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बाराको आयोजना तथा देवताल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको सहयोगमा भएको उक्त तालिम भएको हो ।

तालिममा बविता चौधरी र प्रिति ओझाले महिलाहरुलाई प्रशिक्षण गराई रहेको आयोजक व्यवसायिक तथा सिप विकास तालिम केन्द्रका अध्यक्ष संजय साहले बताएका छन ।

उद्घाटन कार्यक्रममा देवताल गाउँपालिकाका इन्जिनियर औलिक महममद दर्जी,सामाजिक विकास शाखा प्रम्ख ललन पटेल,१ नम्बर वडाका वडा सदस्य सम्भा देवी,प्रमिला मण्डल,जवाहिर अंसारी लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds