अल्पसंख्यकका लागि प्रहरीसंग अन्तरक्रिया कार्यक्रम

साझेदारी दैनिक
328 पाठक संख्या

कलैया : बाराको सुर्वण गाउँपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय सोलखपुरमा अल्पसंख्यकका लागि प्रहरीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष रामबिदया यादवको अध्यक्षतामा प्रदेश सभा सदस्य बच्चा यादवको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा दुई सय जनाको सहभागिता रहेको थियो ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव,उपाध्यक्ष पूनम देवी यादव,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक बिजय राज पण्डित,जसपा बाराका अध्यक्ष धर्मबिर यादव,नेपाली काँग्रेसका सत्येन्द्र यादव लगायतको बिशेष उपस्थिती रहेको थियो ।

Leave a review