ज्ञानदिप स्कुल केन्द्रबाट सात थान स्मार्ट वाच बरामद

साझेदारी दैनिक
628 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका -६ मा रहेको ज्ञानदिप इङलिस बोर्डिङ स्कुल परिक्षा केन्द्रबाट आज सात थान स्मार्ट वाच बरामद भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले स्मार्ट वाच बरामद गरेको हो ।

परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट वाच प्रयोग गरिने भएको आशंकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन् ।

एसईई परिक्षालाई मर्यादित बनाउन निरन्तर अनुगमन गरिएको सहायक प्रजिअ भट्टराईले बताए ।

बिहिवारदेखि सुरु भएको एसईई परिक्षाको दोस्रो दिन आज नेपाली विषयको परिक्षा चलिरहेको छ ।

Leave a review

This will close in 0 seconds