झब्राबाट दुई थान साल जातको गोलिया बरामद

रञ्जन यादव
278 पाठक संख्या

पर्सा : पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.४ झब्राबाट मंगलबार राती १ बजे दुई थान साल जातको गोलिया बरामद भएको छ ।

बिशेष सुचनाको आधारमा सबैया सब डिभिजन बन कार्यालयबाट गएको बन गस्ती टोलीले १५ क्युफिटको दुई थान साल जातको काठ बरामद गरेको रेञ्जर भुपाल रोकायले जानकारी दिएका छन ।

बन गस्ती टोलीको गाडिको आवाज सुनेर साईकलमा काठ ल्याईरहेका काठ तस्करहरुले काठ छाडेर फरार भएको रेञ्जर रोकायले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका हुन ।

Leave a review

This will close in 0 seconds