वीरगञ्जमा झडप : एक दर्जनभन्दा बढी प्रहरी र स्थानीयहरू घाइते

साझेदारी दैनिक
797 पाठक संख्या

कलैया । वीरगञ्जमा झडप हुँदा एक दर्जनभन्दा बढी प्रहरी र स्थानीयहरू घाइते भएका छन् ।

पर्साको वीरगञ्जमा शनिवार हनुमान जयन्तिको अवसरमा आयोजित वृहत शोभा यात्राको क्रममा छपकैयामा दुई समुदाय बीच झडप हुँदा एक दर्जनभन्दा बढी प्रहरी र स्थानीयहरू घाइते भएका हुन् ।

साथै ढुंगामुढा प्रहारबाट जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बाबुराम पुडासैनी घाइते भएका छन्।

घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds