कलैया : नेपाली काँग्रेसका महामन्त्री एवम् पुर्वमन्त्री गगनकुमार थापा आज बुधबार बारा आउदै छन ।
नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ३ को क्षेत्रिय सम्मेलनलाई उद्घाटन गर्र्न उनी बारा आउन लागेका हुन ।
नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिको आयोजनामा हुन लागेको उक्त सम्मेलन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को वडहर्वा खेल मैदानमा हुदैछ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महामन्त्री थापाले विहान करिब ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रिय समितिले जनाएको छ । सम्मेलनको सम्पुर्ण तयारी भएको क्षेत्रिय सभापति प्रभातकुमार चौरसियाले जनाएका छन ।
सम्मेलन स्थलमा मञ्च व्यवस्थापन सहित पाँच हजार भन्दा बढी मानिसहरु अट्ने पण्डाल निर्माण गरिएको सभापति चौरसियाले बताए । यसैगरी सम्मेलनमा सहभागी हुनेहरुलाई खानाको लागी मेसको व्यस्थापन पनि गरिएको बताईएको छ ।
महामन्त्री थापालाई हजारौ नेता तथा कार्यकर्ताहरुले मोटरसाईकल तथा अन्य सवारी साधानहरुको साथ -याली सहित सिमरा विमान स्थलदेखी कार्यक्रम स्थल बडहर्वा खेल मैदानसम्म स्वागत सहित ल्याउने तयारी भएको नेपाल काँग्रेस महासमिति सदस्य नवराज बहादुर खड्काले जानकारी दिएका छन ।
सम्मेलनमा कार्यक्रमको संयोजन समेत गरिरहेका नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री फरमुल्ला मन्सुर,अर्का सहमहामन्त्री उमाकान्त चौधरी,केन्द्रीय सदस्य प्रकास रसाईली, संविधानसभा सदस्य मधु शाही ठकुरी लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

