बारा । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ताका लागि शनिबार काठमाडौं लगिएको छ।
गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी तथा स्थानीय अभियन्तासहितको टोलीलाई सिमरा विमानस्थलबाट काठमाडौं पठाईएको छ । उनीहरूलाई आन्दोलनस्थलबाट इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले प्रहरीको गाडीमा विमानस्थल पुर्याएका छन् ।
आमा–बुवासँगै अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत सात जनाको टोली पनि काठमाडौं गएको छ ।प्रस्थानअघि मनोज चौधरीले छोरीको न्यायका लागि आन्दोलन जारी राख्न स्थानीयवासीलाई आग्रह गरेका छन् ।
वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाइएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन्।


