गौर : प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामबाट आईतबार दिउसो स्रोत नखुलेको लाखौ रुपैया सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको साथ बाट स्रोत नखेलेको १० लाख नेपाली रूपैयाँ बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त रुपैया बरामद गरेको हो ।
बरामद भएको रुपैया सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।

