कलैया । बारामा सोमबार विहान सडक दुर्घटना हुदा १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जको तीन नम्बर पुलमा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी ग २ ख १६५५ नं को बस चालक कास्की रुपा गाउँपालिका–७ बस्ने ४० वर्षीय रवि कु.ताम्राकार घाइते भएका छन्।
उनको मुखमा चोट लागेको अवस्था मध्यम रहेको छ। उनको हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
सोही बसको सह चालक कास्कि बस्ने ५० वर्षीय बासुदेव अधिकारी घाइते भएका छन्। उनको दुबै खुट्टामा चोट लागेको छ। अवस्था मध्यम रहेको छ।
उनको हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको छ। तनहुँको भानु नगरपालिका ८ का ३० वर्षीय अनिल कु.बस्नेत घाइते भएका छन्।
ईलामको ईलाममाई नगरपालिका –४ बस्ने बर्ष ३१ को राजेन्द्र सुनुवारको टाउकोमा चोट लागेको छ। पाँचथर फिदिम नगरपालिका –५ बस्ने बर्ष ३२ को खर्क सिंह तुमवापोको नाकमा चोट लागेको छ।
भारत जि.भङकुरा बस्ने बर्ष ४६ को बिलाश दाश घाइते भएका हुन्। सप्तरी रुपनि गाउँपालिका –३ बस्ने बर्ष २८ को रबिन्द्र माझी घाइते भएका छन्।
सप्तरी हलुवा नगरपालिका –१ बस्ने बर्ष २० को भरत ईश्वर घाइते भएका छन्। पाँचथर हिलेहाङ गाउँपालिआ–६ बस्ने बर्ष ६० कि बुद माया याव घाइते भएकी हुन्। यस्तै सल्यान कालिमाटि गा.पा.–३ बस्ने २८ वर्षकि पुष्पा वलि घाइते भएकी हुन्।
ईलाम सुर्यदैले नगरपालिका –१२ बस्ने २२ वर्षीया मनिषा राई घाइते भएकी हुन्। झापा दमक नगरपालिका –१ बस्ने बर्ष २० को निशा लिम्बु घाइते भएकी हुन्। दोलखा बिष्णु गाउँपालिका–५ बस्ने १९ वर्षीय अनुराग खड्का घाइते भएका हुन्।
भारत जि.सिलोङ बस्ने २५ वर्षीय रेशम थापा घाइते भएका छन्। सोही ठाउँका सागर क्षेत्री सो दुर्घटनामा परी घाइते भएका हुन्।
ईलाम देवमाई नगरपालिका–८ बस्ने बर्ष २९ को दल ब.राई,ईलाम नगरपालिका–१ बस्ने ३७ वर्षीय तेज ब.राई घाइते भएका हुन्। सोही ठाउँका संजिव राई घाइते भएका हुन्।
खोटाङ केपिलास गढि गाउँपालिका–७ बस्ने बर्ष ३२ को टेक ब.राई सो दुर्घटनामा परी घाइते भएका छन्। घाइतेहरुको हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पोखरा बाट रौतहट तर्फ आउँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभित्ता बाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिएको हो।
यसपछि बस अनियन्त्रित भई पथलैया बाट हेटौँडा तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोईला लोड लहरी ट्रक सडक छेउमा बिग्री रोकिराखेको अवस्थामा उक्त ग २ ख १६५५ नं. को बस ठोकिन गएको हो। यसपछि सो बस सडक भन्दा ५ मि. तल खसि दुर्घटना भएको हो।
ग १ ख ११५४ नं.को बस र बस चालक जि.चितवन राप्ति नगरपालिका –३ बस्ने बर्ष ४७ को तिलक ब.थापा मगर इलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा रहेका छन्।


