राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनमा छिट्टै भेटौंला कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
665 पाठक संख्या

बारा । लक्ष्मी खरेल/ बाराको डुमरवानामा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनमा भर्खरै एसईई दिएका विद्यार्थी लक्षीत छिट्टै भेटौंला कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

एसईईका विद्यार्थीहरुले विद्यालयमा बिताएका अनुभव सुनाउने तथा शिक्षक वर्गले उनीहरुको सुन्दर भविष्यको लागि शुभकामना दिने वातावरण बनाउन भन्दै कक्षा ९ का विद्यार्थी हरुको कार्यक्रम आयोजना गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको विभूति शिक्षा सदनमा प्लस टु व्यवस्थापन संकाय अध्ययन गर्न आउन सक्ने भोलीको अवस्थालाई ध्यानमा राखेर विदाईको सट्टा सि.यु.सुन अर्थात् छिट्टै भेटौंला कार्यक्रम राखिएको आयोजकले बताए ।

कार्यक्रममा एसईई सकेका छात्रछात्राहरुका लागि कक्षा ९ का छात्रछााहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सागर ठाडा मगर,भाइस प्रिन्सिपल किशोर श्रेष्ठ,शिक्षिका लक्ष्मी उप्रेती लगायतले एसईईका विद्यार्थीहरुको उज्वल भविष्यका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले परिक्षाफल प्रकाशित हुनु अघिको ३ महिनालाई सदुपयोग गरेर केहि न केहि सिप सिक्न आग्रह गरेका थिए ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण आशिर्वाद दुवाडी र अस्मीता गुरुंगले गरेका थिए ।

Leave a review