नयाँ बर्षमा ब्रहमाकुमारीद्वारा शुभकामना आदान प्रदान

साझेदारी दैनिक
374 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैयाले बुधबार ईस्वी संवतको नयाँ वर्ष २०२५ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्री,सचेत नागरिक समाज बाराका अध्यक्ष देवेन्द्र गिरी,ज्येष्ठ नागरिक संघ बाराका अध्यक्ष भरतबहादुर मल्ल,सचिव लक्ष्मी चौधरी लगायतकाले नयाँ बर्षको शुभकामना आदान प्रदान गरेका थिए ।

सेवा केन्द्र कलैयाकी सञ्चालिका मिना दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालन सुषमा बहनको रहेको थियो ।यसैबीच बुधबार देखि ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको तपस्या महिना शुरु भएको छ।

जनवरी १ तारिख देखि जनवरी २१ तारिख सम्म तपस्या महिना सञ्चालन गरिने केन्द्रले जनाएको छ। तपस्या महिनामा साधनाद्वारा संस्कार परिवर्तन लगायतका विविध अध्यात्मिक कार्यक्रमको आयोजना गरिने केन्द्रकी सुषमा बहनले जानकारी दिएकी छन्।

Leave a review