जीतपुर :बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहास्थित प्रगतिशिल सामुदायिक बन समुह औराहाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक बन परिसरमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेशप्रसाद खरेलले नवनिर्वाचित अध्यक्ष सन्तोष दाहाल सहितका पदाधिकारी तथा सदस्यहरुलाई शनिवार एसपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगतै नव–निर्वाचित अध्यक्ष दाहाललाई निवर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठीले संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।
पदभारपछि शनिवारनै बसेको कार्यसमितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबै पक्षलाई धन्यबाद ज्ञापन गरेको अध्यक्ष दाहालले जानकारी दिए।
औराहाबासीले दाउराको अभाव झेलिरहेको र अहिले नयाँ रुख कटानको समय समेत गुज्रिसकेकाले तत्कालको दाउरा अभाव हटाउन डिभिजन बन कार्यालय बारासंग समन्वय गरेर जाने निर्णय समेत बैठकले गरेको अध्यक्ष दाहालले बताए ।


