कोल्हवी : धिरेन्द्र पनुहर/नेकपा एमाले कोल्हवी नगर कमिटीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले आफ्नो पदको सपथ लिएका छन्।
एमाले कोल्हवीका अध्यक्ष पुरनदेव चौधरी तथा नयाँ कार्य समितिका पदाधिकारीहरुले शनिबार सपथ लिएका हुन्। कोल्हबी बजारमा अवस्थित रोज उड होटेल प्रा लि मा सो कार्यक्रम सम्पन्न भएको छ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम कोल्हवी नगर इन्चार्ज त्रिलोकि चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पुर्व मन्त्री पुरषोतम पौडेलले पानसमा बत्ती बालेर सपथ ग्रहण कार्यक्रमको उद्घाटन गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष पुरनदेव चौधरीलाई निर्वाचन कमिटीका संयोजक जितबहादुर चौधरीले पद तथा गोपनियताको सपथ दिलाएका थिए। अन्य नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष पुरनदेव चौधरीले सपथ दिलाएका थिए।
नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई तथा सफल कार्यकालको लागि शुभकामना पोलिटब्यूरो सदस्य अच्युत मैनाली र प्रमुख अतिथि पोलिट ब्यूरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेल लगायतकाले व्यक्त गरेका थिए। गोबिन्द पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत भरतबहादुर भण्डारीको थियो।

