प्रजिअ सापकोटा बाराबाट भए विदाई एक बर्षको बसाईमा बारामा गरे उल्लेखनीय कार्य

संदिप प्रसाद यादव
1.3k पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा आएपछि जिल्लामा उल्लेखनीय कार्यहरु भएको पाइएको छ ।

प्रजिअ सापकोटा २०७९ माघ २० गते जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएर यहाँ ११ महिना विताएका हुन् ।

पूर्व पश्चिम राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ठेक्का लागि पाँच वर्ष देखी अलपत्र रहेको पुलको निर्माण कार्य सापकोटाको पहलमा अगाडी बढाइएको हो ।

परवानिपुर गाँउपालिका वडा नं ५ बहुअरी स्थित २० वर्ष देखी विवादित र निर्माण कार्य अगाडि बढाउन नसकेको आधारभूत विद्यालयको समाधान गरि निर्माण कार्य अगाडि बढाएको हो ।

बाराको एसईई परीक्षालाई मर्यादित बनाउन ३२ वटा परीक्षा केन्द्रका अनुगमनका लागि जिल्ला अनुगमन टोली बाहेक १६ वटा अनुगमन टोली बनाई तुलनात्मक रुपमा मर्यादित परीक्षा संचालन गराइएको पाइएको हो ।

२०८० वैशाखमा बाराको क्षेत्र नं. २ मा प्रतिनीधि सभा सदस्य पदको उपनिर्वाचन भयरहित र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गराउनमा सापकोटाको महत्वपूर्ण भूमिका रहेको हो ।

मानवत – मटिअर्वा सडक खण्डको विगत ८ वर्ष देखी निर्माण कार्य अवरुद्ध रहेको सडकलाई मापदण्ड भित्र पर्ने भौतिक संरचनालाई हटाउन लगाई निर्माण कार्य अगाडी बढाउन लगाईएको छ ।

जिल्लाका वर्षों देखी बन्द रहेको मटिअर्वा र सिम्रौनगढ छोटी भन्सार कार्यालय समन्वय गरी संचालनमा ल्याउन सापकोटाको भूमिका उल्लेखनीय रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सेवा प्रवाह सर्वसुलभ,बिना भेदभाव र मोलाहिजा रहित गर्नको लागि सि.सि टिभी क्यामरा जडान ११महिनाको अवधिमा गरिएको हो ।

कोल्हबी नगरपालिका वडा नं.५ अन्तर्गत रामवन क्षेत्रका वृक्षारोपण गरी काटीएको रुख बिरुवा र त्यस क्षेत्रमा वनक्षेत्रको जग्गामा अवैध खेति पाति तथा ३६ वटा घरटहरा बनाई अतिक्रमण गरी अवैध बसोबास गरेको संरचनालाई हटाउन लगाई सो क्षेत्रमा वन डिभिजन कार्यालय मार्फत तारबार घेर्न लगाई वृक्षारोपण गराएको लगायतका कार्यहरु उनले गरेका हुन् ।

त्यस्तै यात्रा सुरक्षाको क्षेत्रमा प्राथमिकता दिई सेवा प्रदान साथै सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा सहयोग गरिएका छन् ।

सिमा नाका र वन जङ्गलमा अतिक्रमण भएका जग्गाको स्थलगत निरीक्षण समेत उनबाट भएको हो । पञ्चवर्षीय श्री कॉटवासीमाई मेलालाई विवादित हुनबाट बचाउन र मेला लगाउन प्रजिअले खेलेको भूमिका एतिहासिक रहेको छ ।

भारतका डिएमसंग समन्वय गरी सीमा नाकाहरु समेत उनकै पहलमा खुलेको छ । पतिले दोश्रो विवाह गरि पहिलो श्रीमती र बच्चाको नागरिकता नबनाई रहेको र त्यस्ता सयौं जनाको कागज पत्र चेकजाँच गरि सथै विवाद समाधान गरी नागरिकता प्रदान गरेका छन् ।

बाराबाट सरुवा भएका सापकोटाको स्थानमा गृहमन्त्रालयका सह–सचिव शशिधर घिमिरे आउँदै छन् ।

Leave a review

This will close in 0 seconds