शुक्रबारको हावाहुरीका कारण निजगढका किसानले लगाएको करोडौं मूल्य बराबारको केरा खेती नष्ट

साझेदारी दैनिक
359 पाठक संख्या

निजगढ : उमेश घलान/ बाराको निजगढका व्यावसायीक केरा खेती गर्ने किसानहरु यतिखेर पिडामा परेका छन ।

पिडामा हुनुको मुख्य कारण शुक्रवार आएको हावाहुरीले केराको बोटहरु ढालेर नष्ट गरेपछि निजगढका किसानहरु पिडामा परेका हुन । यहाँका केरा खेती गर्ने किसानहरुले लगाएको करोडौं मूल्य बराबारको केरा खेती नष्ट पारेको छ ।

हावाहुरीले गर्दा पाक्ने बेला भएको केराको बोट ढालेपछि निजगढ नगरपालिकाका अन्तरगतका विभिन्न क्षेत्रका किसानहरुले लगायतको झण्डै ४ करोडभन्दा बढी रकम बराबरको केरा खेती नष्ट भएको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए।

नगरमा किसानले गरेको केरा खेतीमा पु¥याएको विवरण संकलन गर्ने कार्य भइरहेको र वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको संघका अध्यक्ष श्रेष्ठका बताउछन ।

‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको स्थानीय किसानले बताए । त्यस्तै स्थानीय किसान मुकुन्द पौडेलले भने,वडा नम्बर ७ मा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।’ उनले बताए ।

किसानका अनुसार हुरीले वडा नम्बर ९ का चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको छ ।

केरा पकेट क्षेत्र घोषणा भएपछि निजगढका सयौं किसानले केरा खेती गर्दैआएका छन । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रुपैयासम्ममा बिक्री हुदैआएको छ ।

यसैगरी हावाहुरीले जितपुरसिमरा १६ टाँगियावस्तीमा किसानको करोडौं रकम बराबरको केरा खेती नष्ट गरेको छ ।

Leave a review

This will close in 0 seconds