जिल्ला प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको बैशाख एक महिनामा ६ करोड भन्दा बढीको मुल्य बराबरको राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख एक महिनामा सबैभन्दा बढी ६ करोड ५६ हजार ४ सय ५३ रुपैयाँ मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको बाराका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बैशाख महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन् ।
प्रहरीले किराना समान रू.५ लाख ७ हजार १ सय ८०,सवारी साधन रू. २ लाख २९ हजार ४ सय ९०( ३ थान मोटरसाइकल र ७ वटा साइकल ) र अन्य माल समान रू. ५ करोड ९३ लाख १९ हजार ७ सय ८३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
प्रहरीले ७३ वटा कुल मुद्दा दर्ता गरेको छ भने ५१ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले लागू औषध सम्बन्धि गाँजा– ४ सय ६७ किलो ९ सय ग्राम तथा नाईट्रोभेट– ४ हजार ६ सय ८० ट्याबलेट,डाईजोपाम– १ हजार ३ सय १८ एम्पुल,नोरफिङ– १ हजार ३ सय १८ एम्पुल र फेनारगन– १ हजार ३ सय १८ एम्पुल सहित एक ट्रक र एक भारतीय कारलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ८ वटा लागु औषध सम्बन्धि मुद्दा दर्ता गरेको छ भने १० जना मानिसलाई पक्राउ गरेको छ । त्यसैगरी प्रहरीले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको ३४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
उक्त फरार प्रतिवादीहरुलाई अदालतबाट ५ वर्ष २ महिना २० दिन कैद र ५ लाख ९४ हजार ७ सय ४७ रुपैयाँ जरिवाना संकलन गरेको छ ।
ट्राफिक कारवाही सम्बन्धि छब्बिस लाख पचास हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत २ हजार ७ सय ५५ सवारी साधनहरुलाई कारवाही गरेको छ भने १७ भारतीय सवारीसाधनलाई कारवाहीको लागी भन्सार पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले २८ वटा ब्लुबुकलाई यातायात कार्यालय पठाईएको छ। प्रहरीले ६ वटा हराएको मोबाईलहरू खोज तलास गरी सम्बन्धित धनिलाई बुझाईएको छ । त्यसैगरी २ वटा नागरीक सुनुवाई कार्यक्रम र २ वटा अल्पसङ्ख्यासंग कार्यक्रम संचालन गरेको प्रहरीले जनाएको छ ।
प्रवक्ता न्यौपानेले बरामद सामानलाई कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालय पर्सा तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको बताए ।

