कलैया । गणतन्त्र दिवसको अवसरमा बाराको परवानीपुर गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
परवानीपुर गाउँपालिकाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको सहकार्यमा बिहीबार उक्त रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम अन्तर्गत उक्त रक्तदान कार्यक्रम “औद्योगिक विकास र स्वरोजगार : समृद्ध परवानीपुर निर्माणको आधार” भन्ने मूल नारासहित आयोजना गरिएको हो
गाउँपालिकाको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगञ्जले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुगान्धी देवी,प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार,गाउँपालिका कर्मचारी तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

