चेक अनादर मुद्दाका फरार तीन जना पक्राउ

साझेदारी दैनिक
276 पाठक संख्या

कलैया : बारा प्रहरीले जिल्लाको सदरमुकाम कलैयाबाट चेक अनादर मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपािलका वडा नम्बर ६ मदर्शाटोल बस्ने २९ बर्षिय नागेशवर साह सोनार,सोही स्थान बस्ने ५० बर्षिय मोहनलाल प्रसाद साह र कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३५ बर्षिय अशिष कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा प्रहरीबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । बारा जिल्ला अदालतले सोनारलाई उक्त मुद्दामा रु तीन हजार,साहलाई रु दुई हजार पांच सय र दासलाई रु एक हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो ।

उनीहरु अदालतको फैसलासंगै फरार भएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा बुझाएको जानकारी दिएको छ ।

Leave a review