सत्यको पक्षमा हिड्नेहरु पराजित हुदैनन् – आजपा यूवा नेता रवीन्द्र यादव

Om Prakash Yadav
341 पाठक संख्या

रौतहट : सत्यको पक्षमा हिड्नेलाई कसैले चाहेर पनि पराजित गर्न नसक्ने, सत्य अहिलेसम्म पराजित नभएको आम जनता पार्टीका युवा नेता रवीन्द्र यादवले बताएका छन्।

गरुडा नगरपालिका –६ मा आइतबार आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा नेता यादवले सत्य एकछिनको लागि हैरान हुन् सक्छ तर पराजित हुन् नसक्ने बताएका हुन्।

आफू जहिले नी सत्यको पक्षमा रहने गरेकोले आफूलाई कसैले चाहेर पनि परास्त गर्न नसक्ने बताएका हुन्। आफू गरुडा नगरपालिकाका गरिव,लाचार,कमजोर र विपन्न वर्गको नागरिकको हरेक सुख दुःखमा साथ दिँदै उनीहरूको सहारा बनेको बताउँदै यहाँका केही नेताहरुको टाउको दुख्न थालेको उनले बताए।

आफू समाज र गरिव नागरिकको लागि केही नगर्नेहरु आफू समाजसेवा गर्दा आफ्ना विरुद्ध विभिन्न षड्यन्त्र रचेको उनलेदावी गरे। आफू एक गरिव किसानको छोरा समाजको लागि केही योगदान गर्छु भनी राजनीतिमा लाग्दा केही सामन्त एवं पूँजीवाद नेताहरुको निद्रा नै हराम भएको उनको भनाई छ।

धन, पावर, बल, पैसाको घमण्ड गरेर उनीहरू आफ्ना विरुद्ध लागेको उनको भनाइ छ। अरूको ताकत पैसा र धन भएपनि आफ्नो ताकत तिनै गरिव लाचार जनता नै रहेको उनले बताए।
पैसा, धन र हतियार भन्दा पनि शक्तिशाली जनता रहेको उनले जनाए। तिनै जनता आफूसँग रहेकोले आफू कसैसँग नडराउने उनले बताए ।

आफ्ना विरुद्ध जसले जति ताकत लगाएपनि आफू गरिव जनताको सेवा गर्न कहिल्यै पछि नहट्ने उनले बताए। गरिवको मत लिएर निर्वाचित हुनेहरू तिनै गरीवमाथि अन्याय गर्दा भगवानले उनीहरुलाई कहिल्यै माफ नगर्ने उनले बताए।

गरिवको मतबाट जितेर गरिवलाई हेप्ने, दमन शोषण गर्ने नेतालाई २०८४ को निर्वाचनमा नराम्ररी पराजित गर्न उनले सबैलाई आग्रह गरे । गरिवको पीडा एक गरिबले मात्र बुझ्न सक्छ धनीले कहिल्यै बुझ्न नसक्ने उनको भनाइ छ। गरिव जन्ता माथि दमन,शोषण गर्नेहरू आफैं समाप्त भएर जाने समेत उनले चेतावनी दिए ।

गरुडा नगरपालिकाका अधिकाँश जनता आफूलाई अपार साथ र सहयोग गर्ने गरेकोले उनीहरूको चाहना पूरा गर्न आफू रातदिन लागेर पनि जनताको लागि काम गरिरहेको उनले जनाए।

Leave a review

This will close in 0 seconds