रौतहटको भसेढवामा एक नवबिवाहीत महिलाका हत्या,दाईजोकै कारण हत्या गरिएको माईती पक्षको आरोप

साझेदारी दैनिक
463 पाठक संख्या

गरुडा : रौतहटमा नव विवाहित महिलालाई घर परिवारले मिलेर हत्या गरेको माईति पक्षले आरोप लगाएका छन ।

जिल्लाको कटहरिया नगरपालिका–१ स्थित भसेढवा गाउँकी एक नवविवाहिता महिलाको हत्या भएको उनको भन्दै माइती पक्षले श्रीमान र उनका परिवारका सदस्यमाथि गम्भीर आरोप लगाएको छ।

स्थानीय आलका यादव नामकी महिलालाई घरका परिवारहरुले मिलेर हत्या गरेको माईतीपक्षे आरोप लगाएका हुन । अलकाको मंगलवार राति घरमै घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतक अलका रौतहटकै फतुवा विजयपुर नगरपालिका–९,बडहर्वाकी माईती घर भएकी रामनारायण यादवकी छोरीका हुन ।

बिवाहा पछि पटक–पटक यातना दिइएको र दाइजोकै लागि हत्या गरिएको माईती पक्षको दाबी छ। “दाइजो नपाएको निहुँमा मेरी छोरीमाथि मानसिक र शारीरिक रूपमा सताइन्थ्यो,अन्ततः आज उनीहरूकै हातबाट मेरी छोरी मारिइन्।” पीडित आमाले भनिन् ।

घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले ससुरा पुकार राय यादवलाई नियन्त्रणमा लिएको छ भने श्रीमान अंकेश यादव भने हालसम्म फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।

घटना बारे रौतहट प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रामकुमार महतोले बताएका छन । मृतक आलकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

Leave a review