सञ्चारकर्मीहरू माथि आक्रमणको घटनाप्रति ध्यानाकर्षण

साझेदारी दैनिक
582 पाठक संख्या

वीरगञ्ज : नेपाल पत्रकार महासंघ पर्सा शाखाले आन्दोलनको क्रममा सञ्चारकर्मीहरू माथि आक्रमण र दुव्र्यवहार भएको घटनाप्रति ध्यानाकर्षण गराएको छ।

महासंघ पर्सा शाखाको नेतृत्वमा विभिन्न सञ्चार संगठनका प्रतिनिधिहरुले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलबार साँझ सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै महासंघ पर्साले ज्ञापनपत्र दिएको हो । महासंघले घटनाको गम्भीर निन्दा गर्दै दोषीहरुमाथि कडा कारवाही गर्न माग गरेको छ।

पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न सञ्चार संगठनका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग छलफल गर्दै सञ्चारकर्मीहरूले स्वतन्त्र प्रेसमाथि भएको आक्रमणप्रति गुनासो व्यक्त गरेका थिए।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले संवेदनशील घटनाहरूको समाचार संकलनमा पत्रकारहरूले समेत संयम र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले निषेधाज्ञाको अवस्थाबारे जानकारी दिँदै प्रदर्शनकारीलाई हटाउने क्रममा सञ्चारकर्मीमाथि आक्रमण हुनु दुःखद भएको स्वीकार गरेका छन । उनले यस्ता घटना दोहोरिन नदिने पत्रकारहरु माझ प्रतिबद्धता जाहेर गरे ।

पर्सा प्रहरीले उअनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

Leave a review