फेटा गाउँपालिकाद्वारा ४० करोड ९ लाख भन्दा बढीको बजेट प्रस्तुत

संदिप प्रसाद यादव
546 पाठक संख्या

कलैया । शिक्षा,कृषि,स्वास्थ्य,पूर्वाधार क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै बाराको फेटा गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका का अध्यक्ष रुस्तम अन्सारीले गाउँपालिकाको १६ औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ९ करोड ७१ लाख,सशर्त अनुदान १४ करोड ४५ लाख,समपुरक अनुदान ८४ लाख,राजस्व बाडफाड ८ करोड ३८ लाख ३९ हजार ८ सय ६४ र विशेष अनुदान चालु ७२ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख ५८ हजार,सशर्त अनुदान ८० लाख,विषेश अनुदान ३० लाख,समपुरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाड ५१ लाख २४ हजार ४ सय ८० रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट १ करोड रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिका का अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष निलम साह,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review