कलैया : श्री रिपुमर्दन गणको जिम्मेवारी क्षेत्रमा पर्ने बारा जिल्लाका विद्यालयहरूमा कार्यक्रम गरिरहेको छ। गणका गणपति प्रमुख सेनानी अशोक कुमार क्षेत्री तथा ज्येष्ठ सेनानी सुभाष पौडेलको विशेष उपस्थितिमा सि.सं.५१ जुनियर डिभिजन तालिम अन्तर्गत प्रथम प्रवचन भव्य रूपमा सम्पन्न गरिएको छ।
कलैया उपमहानगरपालिका–१० मटिअर्वामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय र फेटा गाउँपालिका–३ फेटामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय कार्यक्रम गरिएको हो। छात्रछात्रा १५र १५ गरी ३०(तीस) जना एवम दुवै विद्यालयमा कुल ६० (साठी) जना शिक्षार्थी समावेश भएका थिए। गणपति प्रमुख सेनानी अशोक कुमार क्षेत्रीबाट प्रथम प्रवचन सोमबार प्रदान गरिएको छ।
त्यस्तै कलैया उपमहानगरपालिका–९ भवानीपुरमा रहेको श्री कलैया ग्यालेक्सी पब्लिक स्कुल प्रा.लि. र सुवर्ण गाउँपालिका–२ कवही जगातमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय छात्रछात्रा १५१५ गरी ३०(तीस) जना,कुल ६० (साठी) जना शिक्षार्थीहरूलाई समेटेर ज्येष्ठ सेनानी सुभाष पौडेलज्यूबाट प्रथम प्रवचन प्रदान गरिएको गणले जनाएको छ।
प्रवचनको क्रममा गणपति अशोक कुमार क्षेत्रीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै सैनिक तालिमको महत्वबारे प्रकाश पारेका थिए। जीवनको प्रत्येक पाटोमा अनुशासन,समयको सदुपयोग र नेतृत्व क्षमता विकासमा यसको गहिरो योगदान हुने उनले जनाएका हुन्।
भविष्यमा तालिमले आपतकालीन परिस्थिति,विपद् व्यवस्थापन,समाजसेवा र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सघाउने ज्ञान र सीप प्रदान गर्ने उनले जनाए। तालिमले विद्यार्थीमा आत्मनियन्त्रण,कर्तव्यपरायणता र उच्च नैतिक मूल्यको विकास गर्ने उनले विश्वास व्यक्त गरे।
समूहमा काम गर्ने,सहकार्य गर्ने तथा नेतृत्व प्रदान गर्ने क्षमतामा सकारात्मक सुधार ल्याउने अभ्यास हुने उनले जनाए। आफ्नो राष्ट्र,झण्डा,रक्षाकर्मीप्रतिको सम्मान र गौरव बढाउँदै देशसेवामा अग्रसर बनाउँने उनले विश्वास व्यक्त गरे। तालिमले विद्यार्थीहरूलाई स्वस्थ,अनुशासित तथा मानसिक रूपमा बलियो बनाउँने उनले जनाए।
उक्त तालिमले एनसिसि छात्र छात्राहरूमा सकारात्मक सोच,जिम्मेवारीबोध,आत्मविश्वास र राष्ट्रसेवामा योगदान पु-याउने प्रेरणा जगाउने विश्वास गरिएको छ। साथै आजैबाट शुरु भएको यस वर्षको तालिम संस्थागत ( सम्ब न्धित विद्यालयमै हुने) ७९ दिन र सामूहिक क्याम्प २१ दिन गरी जम्मा अवधि १०० दिनको हुने जानकारी दिइएको छ।

