पिलुवामा पाँचदिने उद्घोषण सम्बन्धी तालिम शुरु

साझेदारी दैनिक
362 पाठक संख्या

डुमरवाना : जीतपुरसिमार १६ स्थित श्रीकृष्ण प्रणामी मन्दिर पिलुवा संत्सग भवनमा पाँच दिने उद्घोषण सम्बन्धी तालिम आईतवारदेखी शुरु भएको छ ।

तालिमको श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति बारा,पर्सा कार्य समितिको आयोजनामा संचालन भएको हो । तालिममा पिलुवा मन्दिर संरक्षक एवम् धर्म प्रचारक श्री नबिनकृष्ण शास्त्री ज्युले प्रशिक्षण दिनुभएको जनाईएको छ ।

पुस २५ गतेसम्म पाँच दिन संचालन हुने उक्त उद्घोषण तालिममा बारा,पर्सामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर बाईजुराज महिला ईकाइ समितिका करिब ३० जनाको सहभागीता रहेको बाईजुराज महिला समिति बारा,पर्साकी अध्यक्ष मन्दिरा उप्रेतीले जानकारी दिनुभएको छ।

Leave a review

This will close in 0 seconds