कलैया : बारामा माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा बाराका २ हजार ७ सय ४४ जना बिद्यार्थी उतिर्ण भएका छन ।
शिक्षा बिकास तथा समन्वय ईकाई कलैया बाराका अनुसार परिक्षामा ३७.७४ प्रतिशत बिद्यार्थी उतिर्ण भएका हुन । एसईइ परिक्षामा बाराबाट पांच हजार तीन सय ८९ जना बिद्यार्थी अनुतिर्ण भएका छन । यो बर्षको एसईई परिक्षामा बारा बाट ८ हजार १ सय ३३ जना बिधार्थी सहभागि भएका थिए।
यसैविच माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २९ देखि हुने भएको छ । शुक्रवार प्रकाशित नतिजामा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुका लागि पुरक परिक्षा हुने गरेको छ ।

