परवानीपुरमा महाबिरी झण्डा मेला सम्पन्न

रञ्जन यादव
283 पाठक संख्या

जीतपुर : बाराको परवानीपुर गाउँपालिकामा नाग पञ्चमीको अवसरमा आयोजित महाबिरी झण्डा मेला भव्य रूपमा सम्पन्न भएको छ ।

महाबिरी झण्डा मेला समिती परवानीपुरको आयोजनामा सम्पन्न मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट कुस्ती खेलाडीहरू सहभागी भएका थिए। मेलाको उद्घाट परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले गरेका थिए।

मेलामा महिला तथा पुरुष दुवै वर्गमा कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो, जसले दर्शकहरूमा विशेष उत्साह थपेको थियो। त्यसैगरी, मेला अवधीमा आयोजित नृत्य प्रतियोगिता पनि दर्शकहरूका लागि मुख्य आकर्षण बनेको थियो।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ईब्राहिम मिया, मेला समितिका अध्यक्ष रामएकवाल यादव, उपाध्यक्ष बृजकुमार यादव, सचिव अरुण यादव र कोषाध्यक्ष रामअशिष यादव लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

सांस्कृतिक पहिचानको प्रवद्र्धन र सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष महाबिरी झण्डा मेला गरिँदै आइरहेको मेला समितिले जनाएको छ ।

Leave a review

This will close in 0 seconds