कटहरिया नगरपालिकामा करोडौंको क्षति

साझेदारी दैनिक
288 पाठक संख्या

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा मंगलबार राति भएको लुटपाट, तोडफोड र आगजनीबाट करोडौंको सार्वजनिक सम्पतिमा क्षति पुगेको छ।

आन्दोलनका नाममा जेनजीका प्रदर्शनकारी भन्दै अराजक समूहले नगरपालिका कार्यालयमा आक्रमण गरेको हो। उनीहरुले पालिकाको स्काभेटर र तीनवटा गाडी समेत जलाएका छन्।
कार्यालयको महत्वपूर्ण सम्पूर्ण कागजात, सोफा, दराज, झ्याल लगायतका सामान आगो लगाएर आन्दोलनकारीले जलाइदिएका हुन्।

नगरपालिका कार्यालयको सम्पूर्ण कम्प्युटर, ल्यापटप, प्रिन्टर, केही कुर्सी, बैटरी, इन्भर्टर लगायतका सामान आन्दोलनकारीले लुटपाट गरी लगेका छन्। कोठा कोठामा पुगेर आगो लगाउदा भवनमा समेत क्षति भएको छ। करीब २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

राजनीतिक प्रतिशोध साध्ने नियतका साथ यस्तो घटना भएको कटहरिया नगरपालिकाका नगरप्रमुख अजयप्रकाश जयसवालले आरोप लगाए। आफ्ना विपक्षीहरुले जेनजी आन्दोलनको फाइदा उठाएको उनको आरोप छ।

जेनजी प्रदर्शनकारीको नाममा विकास विरोधी अराजक तत्वहरूले सार्वजनिक सम्पत्तिमा क्षति पु-याउनु निन्दनीय कार्य भएको उनले बताए।

Leave a review

This will close in 0 seconds