पोशाक लगाएर कार्यालयमा आउन कर्मचारीलाई निर्देशन

राजेश कुशवाहा
289 पाठक संख्या

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाले कर्मचारीहरुलाई नेपाल सरकार र कार्यालयले तोकेको पोशाक लगाएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत भोजेन्द्र चौधरीले सोमबार एक सार्वजनिक सुचना जारी गरी नियमित रुपले अनिवार्य पोशाकलाई कार्यालय समयमा हाजिर हुन निर्देशन दिएका हुन ।

पत्रमा कार्यालय खुल्ने समयमा नियमित रुपले उपस्थित भई आफनो काम काज गर्न गराउन आदेश दिईएको छ । जेनजी आन्दोलन पछि भएको सरकार परिवर्तनसंगै नगरपालिकाले कर्मचारीहरुलाई यसरी निर्देशन दिइईएको हो ।

Leave a review