बाराका सिडिओ पौडेलको सरुवा,धरेन्द्र कुमार मिश्र आउदै

साझेदारी दैनिक
451 पाठक संख्या

कलैया । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलको ६० दिनमै सरुवा भएको छ।

भदौ ११ गते बाराको प्रमुख जिल्ला अधिकारी भएर आएका पौडेललाई गृह मन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो । भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय अतिको यथार्थ छानविन जाँचबुझमा पौडेलको सरुवा गरिएको हो।

उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका धरेन्द्र कुमार मिश्रलाई बाराको नयाँ सिडिओका रूपमा आउने भएका छन ।

त्यस्तै पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोय नारायण सुवेदीको सरुवा भएको छ । सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो । सुवेदी पर्सामा जिम्मेवारी सम्हालेको दुई महिनामै उनको सरुवा भएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सम्हाल्ने भएका छन् ।

गृह मन्त्रालयले एकै पटक ३६ सहसचिवको सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका सिडिओ फेरिएका छन्।

Leave a review

This will close in 0 seconds