सडक निर्माण गर्न दबाब स्वरुप १३ दिनमा पाँच हजार भन्दा बढीले गरे हस्ताक्षर

साझेदारी दैनिक
301 पाठक संख्या

कलैया : बाराको मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने साढे ३ किलोमिटर सडक निर्माण गर्न दबाब स्वरुप १३ दिनमा पाँच हजार भन्दा बढीले हस्ताक्षर गरेका छन्।

जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चोकमा कलैयाका युवाहरुले संयुक्त रुपमा गत असोज ३१ गते शुक्रबारदेख हस्ताक्षर अभियान शुरु गरिएको हो । अभियान अन्तरगत आईतवाबर सम्ममा करिब ५ हजार ६ सय ८० जनाले दबाब स्वरुप हस्ताक्षर गरेको अभियानकर्ता संजय चौधरीले जानकारी दिएका छन् ।

कलैयाका स्वतन्त्र युवा सौरभ चौगाइ,सौरभ पाण्डे,सुमित पटेल,बिक्की गुप्ता,सुरज साह,अमित तिवारी,संजय चौधरी लगायतले उक्त अभियान सुरु गरेका हुन् । उक्त अभियान करिब ४ दिन चाडपर्व र वर्षको कारण बन्द रहेपनी आइतबारदेखी निरन्तर हस्ताक्षर अभियान जारी रहेको चौधरीले बताए ।

भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तर्गतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्रे गरी कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर अधुरै छाडेको थियोे । तर त्यसयता हालसम्म १४ वर्षमा बाँकी रहेको कलैया बजार क्षेत्रको साढे तीन किमिमा हालसम्म पनि काम हुन सकेको छैन।

यता निर्माण कम्पनीले आइतबारदेखि कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित तिनकुने चोकमा रात्रीकालिन काम सुरु गरेको छ ।

Leave a review

This will close in 0 seconds