कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको आठौं वार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
292 पाठक संख्या

कलैया । कलैयामा कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको आठौं वार्षिक साधारणसभा बाराको कलैयास्थित दास गेस्ट हाउसको सभाहलमा शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको छ।

क्यान महासंघ बाराका जिल्ला अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सो सभा भएको हो। कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि एवम् क्यान महासंघ नेपाल मधेस प्रदेश अध्यक्ष गणेश शर्मा रहेका थिए। सो सभामा वार्षिक प्रतिवेदन सचिव बिनोद साहले गरेका थिए।

प्रमुख अतिथि एवम् क्यान मधेस प्रदेशका अध्यक्ष शर्माले सूचना तथा सञ्चार प्रविधिको प्रयोगले सहज,छरितो र प्रभावकारी सेवा प्रवाहमा मद्दत पु–याएको बताए। प्रविधिसँगै बढ्दो साइबर अपराध र डाटा सुरक्षा सम्बन्धी चुनौतीहरू गम्भीर चिन्ताको विषय बनेको बताए। साइबर अपराधबाट सचेत रहन उनले आग्रह गरे।

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष सशिभुषण प्रसाद साह, क्यान महासंघ बाराका सचिव बिनोद कुमार साह, कोषाध्यक्ष दिपककुमार गुप्ता कार्यक्रम संयोजक अनिल कुशवाहा, राजेश पन्डित, महिला सद्स्यहरु सुमित्रा चौधरी र सुनैना कुमरी यादव,क्यानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds