कलैया । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा एक महिलासहित ७२ जनाले रक्तदान गरेका छन् ।
श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा मोतिसर चोकमा आज भएको खुल्ला रक्तदान कार्यक्रम “रक्तदान जीवनदान, बिरामीको जाँदैन ज्यान, हामी गर्छौँ रक्तदान” भन्ने मूलनाराका साथ उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बिरगञ्ज, पर्साले प्राविधिक सहयोगमा गरेको थियो।
सो कार्यक्रममा मधु प्रसाद साह,अशोक कुमार यादव,प्रदिप याद,सुमित यादव,एमडी इमरान हुसेन,पर्शुराम साह कानु,अर्जुन साह,भोला मिया,ओमप्रकाश साह,सुशील प्रसाद साह कानु,धोधा साह तेलि,राजन ठाकुर लोहार,अकाश कुमार राम,चन्दन साह,बिराज कुमार यादव,नरेश प्रसाद,सलेन्द्र पटेल कुर्मी,रामबाबु साह,भुनेश्वर साह कानु,अमन यादव ,अन्वर मंसुर,अर्बिन्द गुप्ता,गोबिन्द प्रसाद यादव,सुरज कुमार,पन्ना प्रसाद साह,कौशल कुमार गुप्ता,गायेन्द्र कुमार गुप्ता,जितेन्द्र साह कानु,सन्दिप प्रसाद साह,रोहित कुमार,शत्रुर्घन प्रसाद साह,जितेन्द्र प्रसाद साह,उपेन्द्र कुमार साह,फुल महम्मद राय,लाल महम्मद हवारी,अनिल प्रसाद यादव ,श्रावन कुमार,युवराय साह कानु,राजिव सिंह,जुबहिर बैठा,बिजय यादव,पोशन कुमार साह,राजेश साह,कामेश्वर लाल साह,लाल कुमार साह,अरण कुमार यादव,मनिश साह,मुरारी गुप्ता,बिकाश साह,खैरती राय,सुरज कुमार पटेल,जोरिना खातुन,बादल कुमार यादव,अगिन्द्र प्रसाद साह,आलिम मिया,नौसाद मंसुर,शिवजी प्रसाद साह,नन्दु महतो,सुरेश साह कानु,रमेश साह,प्रभत कुमार यादव ,बिनोद साह,जाहिर हुसेन मिया,अशोक साह तेलि,कुन्दन साह,उपेन्द्र कुमार,बिजुली साह कानु,मुनेश प्रसाद यादव र सन्नी कुमार साहलगायत एक महिला सहित ७२ जनाले रक्तदान गरेका रक्तसञ्चार पर्साले जनाएको छ ।
श्रमजिवी बहुउद्देशिक सहकारी संस्था लिमिटेडका प्रबन्धक निर्देशक सद्दाम हुसेन मंसुरको अध्यक्षतामा भएको कार्यक्रममा अनिल यादव,भिम गुप्ता,श्रावण कुमार,आलिम मिया,नाजिर हुसेन,अशोक यादव,भोला मिया र नौसाद मंसुर स्वास्थ्यकर्मी,कर्मचारीहरु लगायतको सहभागी रहेको थियो ।


