पर्सामा श्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया । पर्सा प्रहरीले श्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जनालाई सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी वल नेपालबाट खटिएको संयुक्त टोलीले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे चेक प्वाइन्ट स्थित सडक खण्डमा जाँच गर्ने क्रममा पटेललाई पक्राउ गरेको हो।

बिआर २२एफ ४१२६ नम्बरको मोटर साईकलमा सवार अवधेश पटेलले उक्त मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको श्रोत नखुलेको नेपाली रू.१००० दरका नोट ७९० थान रु.सात लाख नब्बे हजार, रु.५०० दरका नोट १३०१ थान रु.छ लाख पचास हजार पाँच सय, रु.१०० दरका नोट ५६९ थान रू. छपन्न हजार नौ सय , रु.५० दरका नोट ५० थान रु. दुई हजार पाँच सय र रु.२० दरका नोट ५ थान रु.१०० गरी जम्मा १५लाख प्रहरीले रित पूर्वक बरामद भएको छ।

मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान कार्य भइरहेको वस्नेतले जानकारी दिए ।

Leave a review