प्रभु बिना देश बन्दैन, देश चल्दैन – ऋषि धमला

Om Prakash Yadav
336 पाठक संख्या

रौतहट : चर्चित पत्रकार ऋषि धमला आम जनता पार्टीका अध्यक्ष प्रभु साह विना देश चल्न सक्दैन भनेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका–७, नयाँबस्तीमा आम जनता पार्टीले आयोजना गरेको रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो भनेका हुन्।

देश निर्माणको अनिवार्य पात्र साह हुन्, उनले भने। साहको नेतृत्वबिना देशले अपेक्षित प्रगति हासिल गर्न नसक्ने उनले आम सभामा तर्क गरे। आगामी चुनावमा प्रभु साहको पार्टीलाई बहुमत दिएर विजयी बनाउन सर्वसाधारणसँग आग्रह गर्दै उनले देशको राजनीतिक अपूर्णता, विकासको सुस्त गति र मधेशको आवाजलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा राख्न आवश्यक रहेको जनाए।

प्रभु साह जस्तो दृढ, इमान्दार र निर्णय सक्षम नेता नआएसम्म देशले वास्तविक समृद्धिको यात्रा थाल्न नसक्ने दाबी गरे। जबसम्म मधेशबाट कुनै प्रभावशाली मधेशी नेता प्रधानमन्त्री हुँदैन, तबसम्म देशको विकास असम्भव जस्तै देखिन्छ भन्दै उनले देशलाई समृद्धिको दिशामा डोहोर्याउने क्षमता केवल प्रभु साहमा रहेको दाबी गरे। जनताले उनलाई प्रधानमन्त्रीको रूपमा हेर्नुपर्ने धारणा राखे।

दशकौँदेखि राजनीतिक शक्तिहरूले मधेशको जनभावना, अधिकार र आवश्यकता बुझ्ने नेतालाई निर्णय–केन्द्रमा स्थापित गर्न असफल भएपछि विकास थन्किएको जनाएका छन्।
पछिल्लो समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक–पटक देशको नेतृत्व गरे पनि मुलुकको समग्र विकासमा ठोस प्रगति देखिन नसकेको उनले टिप्पणी गरे।

Leave a review