पूर्वाधार निर्माणको स्थिति बुझ्न मन्त्री घिसिङ आज बारामा आउँदै

साझेदारी दैनिक
333 पाठक संख्या

कलैया : पूर्वाधार निर्माणको समग्रस्थिति बुझ्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ आज बारामा आउने भएका छन्।

पूर्वाधार निर्माणका विभिन्न परियोजनाको अवस्थाबारे अवलोकन गर्ने, राजनीतिक नेतृत्व तथा जेनजीका सदस्यहरूसँग भेटवार्ता गर्ने तथा शान्ति, विकास र आगामी चुनावी तयारीसम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सहजकर्ता इ. अरविन्द साहले जानकारी दिएका छन्।

उनका अनुसार मन्त्री घिसिङ आज दिउँसो ४:३० बजे सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a review

This will close in 0 seconds