उज्यालो नेपाल पार्टी बाराका जिल्ला संयोजकमा चौगाई नियुक्त

साझेदारी दैनिक
295 पाठक संख्या

कलैया । उज्यालो नेपाल पार्टीका बारा जिल्लाको जिल्ला संयोजकमा कलैया निवासी सामाजिक अभियन्ता ईन्जिनियर सौरभ चौगाई नियुक्त भएका छन्।

कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीको केन्द्रीय निर्णय अनुसार चौगाईलाई जिल्ला संयोजकमा मनोनित गरिएको हो। उनलाई संगठन विस्तार र जनसरोकारका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पार्टीले दिएको छ।

चौगाईले कलैयामा विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको करिब ३ किलोमिटर सडक निर्माण कार्य सुरु गराउन महत्वपूर्ण पहल गरेको जनाइएको छ। बारा जिल्लामा स्वतन्त्र सोच भएका जेन–जी युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरण र वैकल्पिक राजनीतिक चेतनाको विकासमा समेत चौगाईको विशेष भूमिका रहेको बताइएको छ।

युवालाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र विकासमुखी राजनीति अघि बढाउने उनको अभियानलाई पार्टीले सकारात्मक रूपमा मूल्यांकन गरेको छ। जिल्ला संयोजक चौगाईले उज्यालो नेपाल पार्टीको नीति, सिद्धान्त र उद्देश्य अनुसार काम गर्ने बताएका छन्। जिल्लामा संगठन सुदृढीकरण गर्दै जनताको वास्तविक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Leave a review

This will close in 0 seconds