कलैयाबाट पाँच जना जुवाडे पक्राउ

साझेदारी दैनिक
721 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराले पाँच जना जुुवाडेहरुलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केट स्थित शाह गेष्ट हाउसमा जुुवा खलिरहेको समयमा जुवाडेहरूलाई पक्राउँ गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा गएको प्रहरी टोली घेराबन्दी गरी सर्च गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठा भित्र जुवा कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउँ गरिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन । जुवा खालबाट प्रहरीले नगद रु.३ लाख १४ हजार ३ सय ५७ रुपैया र १६ थान कौडा बरामद गरेको प्रहरी प्रबक्ता मिश्रले बताए ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर.२५ बस्ने वर्ष ४० को भोला पटेल, वडा नम्बर १ बस्ने वर्ष ३९ सुरेन्द्र साह सोनार, वडा नम्बर ६ बस्ने वर्ष ४५ को राजकिशोर साह,वडा नम्बर २७ बस्ने वर्ष २७ को मन्तोष राउत कुर्मी र महागढीमाई नगरपालिका.वडा नम्बर १ बस्ने वर्ष ५५ को पारस चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds