मधेश प्रदेशको ब्राण्ड एम्बेसडर घोषित दीपिका मण्डललाई कलैयामा सम्मान

संदिप प्रसाद यादव
233 पाठक संख्या

कलैया : मधेश प्रदेशमा बालविवाह अन्त्य अभियानका लागि बाराको कलैया उपमहानगरपालिका–२ दोहरीकी एक किशोरी ब्राण्ड एम्बेसडर घोषित भएकी छन्। दोहरीकी दीपिका कुमारी मण्डल काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रममा “बालविवाह मुक्त अभियान” अन्तर्गत मधेश प्रदेशको ब्राण्ड एम्बेसडर घोषणा भएकी हुन्।

ब्राण्ड एम्बेसडर घोषणा भएपछि उनलाई जन जागरण युवा क्लब बाराले मंगलबार कलैयामा आयोजित कार्यक्रममा सम्मान गरेको छ। क्लबका कार्यबाहक अध्यक्ष राजदेव प्रसाद साहले मण्डललाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उक्त अवसरमा अभियानकी फोकल पर्सन मिना गुप्ता, क्लबका सियाराम यादव लगायतका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका मुनीलाल बैठाले सञ्चालन गरेका थिए। बालविवाह जस्तो सामाजिक कुप्रथाविरुद्ध आवाज उठाउँदै किशोरी स्वयंलाई ब्राण्ड एम्बेसडरका रूपमा अगाडि ल्याइनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्।

Leave a review