रबिन्द्र प्रसाद साह /
प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाद्धारा आज सोमवार कलैयामा वृहत सभाको आयोजना गरिने भएको छ ।
पार्टीले आईतवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमवारे जानकार गराईएको छ ।
वृहत सभाको पुर्वसन्ध्यामा कलैयामा नेकपाको केन्द्रीय सदस्य तथा बारा जिल्ला सहइन्चार्ज ज्वाला साहको अध्यक्षतामा तथा नेकपाका केन्द्रीय सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यतामा उक्त पत्रकार सम्मेलनकोे आयोजना गरिएको थियो।
सोमवार आयोजना गरिने कार्यक्रम अन्तरगत पार्टी कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वृहत ¥याली प्रर्दशन तथा आम सभा गरिने जनाईएको छ ।
आम सभामा ओली समुहका विभिन्न केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन गरिने केन्द्रीय सदस्य अच्युत मैनालीले जानकारी गराए ।
पत्रकार सम्मेलनमा नेकपाका नेताहरु अद्यानन्द पाण्डे, रबिन्द्र दास श्रेष्ठ, कलामुदिन असारी, प्रदेश सभा सदस्य महम्द समिर, नेकपाका केन्द्रीय सदस्य विनोद साह, अन्य पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


