विद्युत् तार सर्ट हुँदा मटिअर्वामा आगलागी, १० लाखको क्षति

साझेदारी डेलि
54 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा मंगलबार बिहान विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय रतन महरा चमारको घरमा बिहान करिब ३ बजे विद्युत् पोलको तार सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट घरमा रहेका दुईवटा साइकल, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, बाख्रा तथा गरगहनालगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागी फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमासमेत आंशिक क्षति पुगेको छ।

आगलागीको खबर पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मी उद्धार र आगो नियन्त्रणमा जुटेका थिए। कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरी बल मटिअर्वाको सहयोगमा बिहान ४ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा आएको थियो।

प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Leave a review