कलैया । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बाराको कलैया उपमहानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असार ११ गते बिहीबारदेखि १२ गते शुक्रबारसम्म बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा मन्टेश्वरी बन्द रहनेछन्।
अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ। उपमहानगरपालिकाका अनुसार विद्यालय बन्द अवधीको बिदा वर्षे बिदाबाट कट्टा हुने छ।


