कलैयाका नगर प्रमुख साहद्वारा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

संदिप प्रसाद यादव
88 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (0.38333333, 0.5);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

कलैया । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका छन्। नगर प्रमुख साहले बुधबार आयोजित एक कार्यक्रमबीच रिबन काटेर नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।

उक्त भवन जिल्ला समन्वय समिति बारा, कलैया उपमहानगरपालिका र वडा नम्बर ८ को आर्थिक सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष रञ्जित चौरसियाले जानकारी दिए।

उनका अनुसार वडा कार्यालय भवन निर्माणका लागि कलैया उपमहानगरपालिका–८ निवासी स्वर्गीय धनसुन्दर ठाकुर बढई तथा दुखनी देवी बढईनकी छोरी स्वर्गीय शुभरत्न श्रीवास्तवकी पत्नी तथा कवलकुमारीकी दिदी सुमित्रा कुमारीले ०–०–१५ धुर जग्गा सहयोग गरेकी थिइन्। सोही जग्गामा नवनिर्मित वडा कार्यालय भवन निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, शिक्षा शाखा प्रमुख राजीवकुमार यादव, वडा नम्बर ६ का अध्यक्ष रामविश्वास ठाकुर, वडा नम्बर ११ का अध्यक्ष अजय कुशवाहा, वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादव, वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, वडा नम्बर ८ का वडा सदस्यहरू राजिन्दर ठाकुर हजाम, तारा गिरी, मुख्तार अन्सारी, सनकेसिया देवी तथा वडा सचिव रामजी मण्डल महतोसहित कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

Leave a review