बाराका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

साझेदारी डेलि
143 पाठक संख्या

बारा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार बारा जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना कर्मचारीहरूको सरुवा गरेको छ।

मन्त्रालयले बारामा कार्यरत अधिकृतहरूलाई अन्य निकायमा पठाइएको छ भने अन्य पालिका तथा मन्त्रालयबाट नयाँ प्रशासकीय अधिकृतहरूलाई बाराका स्थानीय तहमा जिम्मेवारी दिइएको छ।

विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई पर्साको जगरनाथपुर गाउँपालिका पठाइएको छ भने जगरनाथपुरका सन्देश कुमार यादवलाई विश्रामपुर गाउँपालिकामा ल्याइएको छ।

करैयामाई गाउँपालिकाका नागेन्द्र यादवलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँ सरुवा गरी उनको ठाउँमा महोत्तरीको भँगाहा नगरपालिकाका रमेश अधिकारीलाई खटाइएको छ।

यसैगरी, प्रसौनी गाउँपालिकाका नविन कुमार श्रीवास्तव गृह मन्त्रालयमा तानिएका छन् भने रौतहटको देवाही गोनाही नगरपालिकाका पवन कुमार केशरीलाई प्रसौनी गाउँपालिकामा सरुवा गरिएको छ।

त्यस्तै, देवताल गाउँपालिकाका कृष्ण नन्दन रायलाई परवानीपुर गाउँपालिकामा सरुवा गरिएको छ भने बौद्धीमाई नगरपालिकाका उदय शंकर चौधरीलाई देवताल गाउँपालिका पठाइएको छ।

परवानीपुर गाउँपालिकामा कार्यरत मुन्ना साह रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ भने फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालाई सिराहाको नवराजपुर गाउँपालिकामा खटाइएको छ।

Leave a review