कलैयामा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

साझेदारी डेलि
91 पाठक संख्या

बारा । बाराको सदरमुकाम कलैयाबाट करिब २५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

शनिबार कलैया उपमहानगरपालिका–१ स्थित भरत चोकमा जिल्ला सुरक्षा बेस कलैयाबाट खटिएको पिकेट टोली र नेपाल प्रहरीको संयुक्त टोलीले शङ्काका आधारमा पैदल हिँडिरहेका युवकलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरेको हो।

चेकजाँचका क्रममा कलैया उपमहानगरपालिका-३ बैजनाथपुर निवासी अन्दाजी २२ वर्षीय युवकको साथबाट करिब २५ ग्राम ब्राउन सुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Leave a review